काठमाडौँ  / इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएकोमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्याण्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।

नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् भने भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड अमेरिकाबाट १–१ खेलाडीले नाम दर्ता गराएका छन् । 

ओमानबाट तीन खेलाडीले नाम दर्ता गराएका छन् । एसोसियटबाट नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टोली आयरल्यान्ड, जिम्बावे, बंगलादेश भन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् ।

खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् । आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा एक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।