काठमाडौं / सरोगेसी प्रक्रियाबाट आमा बनेकी प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफु आमा बनेको खबर सार्वजनिक गरेकी छन् ।  

सरोगेसी मार्फत जन्मिएको बच्चालाई स्वागत गर्न पुरै परिवार उत्साहित र केन्द्रित रहेको समेत उनले सामाजिक संजालमा लेखेकी छिन् ।

OM Sai Pathibhara Hospital

यस अघि नै हालै नेटफ्ल्क्सिमा रिलिज भएको जोनसका तीन दाजुभाइ निक, केभिन र जोको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामिली रोस्ट’ मा उनले आफु आमा बन्न लागेको संकेत दिएकी थिईन् । सार्वजनिक गरेको केही बेर निक लगायत दर्शक सबै अलमलमा परेका थिए । 

तर उनले भने कार्यक्रममा लक्षित भएर मात्र यस्तो ठट्टा गरेको समेत बताएकी थिईन् । ठट्टा गर्दै भएपनि आमा बन्ने संकेत दिएकी प्रियंकाले आफु सरोगेसी मार्फत आमा भएको सार्वजनिक गरेकी छिन् । 

उनले सन् २०१८ डिसेम्बरमा निक जोनससँग विवाह गरेकी थिइन् भने निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन्।