बिर्तामोड /  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आगामी माघ १० गते चीनबाट स्वदेश फर्कने भएका छन् । पुनले बैंकक र चीनको लामो उपचारपछि स्वादेश फर्कने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।  

विश्वमै विरलै देखिने जटिल प्रकृतिको जन्डिस भएपछि उनको उपचारका लागि सुरुमा थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गराएका पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि चीनमा लगिएको थियो ।

OM Sai Pathibhara Hospital

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएपछि नेता पुनको स्वास्थ्यमा सुधार आएको थियो ।