काठमाडौँ / कट्रिना कैफ बलिउडकी एक नम्बर हिरोइन मानिएकी छिन् । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले कट्रिनालाई १ नम्बर हिरोइन देखाएको छ । इन्डिया टुडेले गरेको मुड अफ दि नेसन सर्भेमा यस्तो परिणाम आएको हो ।

उनले पहिलो स्थानमा रहन ७।२ प्रतिशत मत प्राप्त गरेकी सर्वेक्षणले जनाएको छ । कट्रिनापछि दोस्रो स्थानमा दीपिका पादुकोण रहेकी छिन् । उनले ६।८ प्रतिशत मत पाउँदै दोस्रो स्थान कब्जा गरेकी हुन् । हलिउडमा धाक जमाइरहेकी प्रियङ्का चोपरा भने यो सूचीको तेस्रो नम्बरमा रहेकी छिन् । उनले ६।३ प्रतिशत मत प्राप्त गरेको सर्वेक्षणले देखाएको छ । 

OM Sai Pathibhara Hospital

कंगना रनावत र करिना कपुरले क्रमशः चौथो र पाँचौँ स्थान अटाएका छन् । उनीहरूले क्रमशः ४।९३ं।६ प्रतिशत मत प्राप्त गरेका छन् । कट्रिनाको अघिल्लो साल ‘सूर्यवंशी’ प्रदर्शन भयो भने वर्षको अन्त्यमा उनले बिक्की कौशलसँग विवाह गरिन् । दीपिकाको पनि ‘८३’ प्रदर्शन भयो तर राम्ररी चलेन । यही अवस्था कंगना र करिनाको पनि रह्यो ।