काठमाडौँ / नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । 

कोभिड संक्रमण बढ्दै गएपछि यही माघ १५ गतेको लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको अधिवेशन हुन बाँकी छ ।  

कोभिड संक्रमण घट्दै गएर जनजीवन सामान्य भएपछि पुनः यी जिल्लाको अधिवेशन हुने रिजालले जानकारी दिए ।