काठमाडौँ / साल्ट ट्रेडिङ्ग कर्पोरेसनका अध्यक्ष एवं राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । 

राजनीतिबाट टाढा रहेपनि उनी २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहसँग निकट थिए । उनलाई नेकपा एमालेले २०५८ सालमा राष्ट्रियसभामा सदस्य बनाएको थियो । तर उनी राजनीतिमा कम र व्यवसायमा नै बढी सक्रिय रहँदै आएका थिए । 

OM Sai Pathibhara Hospital

नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्वपूर्ण भूमिका छ । श्रेष्ठ नारायणी नेशनल फाइनान्सका अध्यक्ष समेत थिए । जसलाई केही वर्षअघि सनराइज बैंकले प्राप्ति (एक्वायर) गरेको थियो ।