काठमाडौं  / नेकपा ( माओवादी केन्द्र ) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो । 

स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ ।