पोखरा / पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन् । पोखरा रंगशालामा दिउँसो २ बजे हुने प्रि–क्वाटरफाइनल खेलमा पुलिस र शेर्पाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।