काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । 

कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षा लगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि शुक्रबारसम्म मिति घोषणा हुनुपर्ने सर्त राखेको छ । यही दिन प्रधानमन्त्रीले गर्ने सम्बोधनलाई महत्त्वका साथ हेरिएको छ ।