काठमाडौँ / सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने भएको हो । 

बैठकमा राष्ट्रिय सभा सदस्य चुनाव, स्थानीय तहको चुनाव लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने माओवादी नेता देव गुरुङले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यसअघि मंगलबार बसेको बैठकले स्थानीय तह चुनाव समयमै गर्ने सहमति गरेपनि मिति तोक्ने विषयमा कुनै निष्कर्ष दिन नसकेपछि पुनः बैठक बस्न लागेको हो । 

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको मिति तोक्न आग्रह गरेपछि सत्ता गठबन्धन छलफलमा जुटेको छ । 

तर सत्ता गठबन्धनभित्र चुनावको विषयलाई लिएर निक्कै मतभेद देखिएको छ । पहिले स्थानीय कि संघको चुनाव गर्ने भन्ने विषयमा गठबन्धनभित्र विवाद छ । संविधान अनुसार पहिला स्थानीय तहको चुनाव गर्नुपर्छ ।