काठमाडौं / तीनवटा राजनीतिक दलको दल दर्ता खारेज भएको छ । निर्वाचन आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद्को दर्ता खारेज गरिदिएको हो ।

लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दलको दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यी तीनै दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवाना समेत नतिरेकाले पुस ३० को निर्णयअनुसार दल दर्ता खारेज गरिएको हो ।