काठमाडौँ / निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।