खोटाङ /  कार्यालय प्रमुखलाई कोरोना भाइरस संक्रमण भएपछि इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । 

कार्यालय प्रमुखलाई कोभिड –१९ पोजेटिभ पुष्टि भएपछि बुधबारदेखि इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।

OM Sai Pathibhara Hospital

अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

खोटेहाङ गाउँपालिका –७ खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् ।