काठमाडौँ / सत्ता गठबन्धन द्धारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । 

आज (बिहिबार) साँझ चार बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित स्थगित गरिएको माओवादीका नेता देव गुरुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची थियो । यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ । सत्ता गठबन्धन दलहरूबीच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन । निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरूले फरक–फरक धारणा राख्दै आएका छन् ।