काठमाडौं / दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केशमा रेलिमाई ’ करोड क्लबमा प्रवेश गरेको छ ।

तीन महिनाअघि सार्वजनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक , युट्युबमा भाइरल भयो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए ।

OM Sai Pathibhara Hospital

गायक दिनेश गीतलाई स्रोता दर्शकले दिएको माया अनपेक्षित भएको बताए । उनले भने, ‘गीत रुचाउनुहोला भन्ने थियो । तर यति धेरैले मन पराउनुहोला, भिडियोले यति धेरै भ्युज पाउला भन्ने सोचेको थिइनँ ।’ उनले आफ्नो पहिलो कामलाई नै यति धेरै मन पराइदिएकोमा खुशी व्यक्त गरे ।

गीतको भिडियोलाई मानव सुवेदीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, स्वीकृति उप्रेतीसँगै सर्जक एवं गायक ढकाल देखिएका छन् ।