काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी –२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । 

ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

क्यानले सार्वजनिक गरेको खेलाडीको सूचीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम परेका छन् । 

यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।  यादव र बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । 

नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।