काठमाडौँ / गायिका रचना रिमाल र सन्तोष रुचालको स्वर रहेको गीत ‘निद्रा लाग्दैन’ सार्वजनिक भएको छ  ।
हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत रहेको गीत हरि क्रिएसनले प्रस्तुत गरेको हो ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केबी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायाङ्कन छ ।