काठमाडौँ / कामोरोससँग ३- २ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ ।

कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । 

OM Sai Pathibhara Hospital

कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । 

समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अङ्कसहित समूह विजेता बन्दा समान खेलमा पाँच अङ्क बटुलेको गाबोन उपविजेताका रूपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अङ्कसहित चौथो स्थानमा रह्यो ।

समूह ‘सी’को अर्कोे खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले । समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे । 

मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अङ्क बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।