बिर्तामोड /  जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।

मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

OM Sai Pathibhara Hospital


कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रवृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै तिवारीले प्रिन्सकै सम्मानमा कलेजले क्याम्पसस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेका छन् ।