बिर्तामोड / जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।
मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।



































