एजेन्सी / साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त जोडीले अलग्गिने निर्णय लिएका छन् ।

साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।

OM Sai Pathibhara Hospital

दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।


धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरूको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिङ्गा राजा हो ।