काठमाडौँ / प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । 

बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित छन् ।