काठमाडौं  / प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । 

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।

अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । 

तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरूको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरू उपर कुनै निर्णय हुने छैन । 

हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ ।