काठमाडौं  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । 

आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण देखिएको थियो । मल्लले आफू पनि संक्रमण मुक्त भएको बताएका छन् ।