बिर्तामोड / कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड रहेको जाला जोवन बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको उक्त गीतमा गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । 

गीतको शब्द संगीता घिमिरेले लेखेकी छिन् भने, भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

OM Sai Pathibhara Hospital