जनकपुरधाम / प्रदेश २ को नाम र स्थायी राजधानीको नाम टुंगो लगाउनका लागि आज मतदान हुने भएको छ ।  

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र  राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । 

OM Sai Pathibhara Hospital

समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरण समबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। 

आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरूबीच सहमति भएको जनाइएको छ । 

त्यसैरि, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महानगरपालिका, पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।

नामका लागि सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश प्रस्ताव गरेका छन् । 

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले क्रमशः मिथिला भोजपुरा र जानकारी प्रदेश प्रस्ताव पेश गरेका छन्। एकीकृत समाजवादीको जानकी प्रस्तावलाई प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गरेको छ।

कांग्रेसकै केही सांसदहरुले प्रदेशको नामकरणका लागि मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले समितिको प्रस्तावमाथि छलफल बाँकी रहेकाले त्यसमा छलफल हुने र त्यसपछि मतदानको प्रक्रिया सुरु हुने बताए।

प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईतिहाइ सांसदको मत आवश्यक रहेकोमा कुनै प्रस्तावको पक्षमा दुईतिहाइ मत छैन। 

मधेस प्रदेशको पक्षमा जसपाको ३९, लोसपाको १६ र माओवादीको ८ सांसद गरी ६३ मत रहेको छ। यो नाम पारित गराउन थप ७ मत आवश्यक रहेको छ।

मिथिला भोजपुराको पक्षमा कांग्रेसको १९, कांग्रेसकै केही सांसदले मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गराएका छन्। जानकी प्रदेशको पक्षमा नेकपा एसको १३ र एमालेको ८ गरी २१ मत रहेको छ। नेपाल संघीय समाजवादीका एक सांसद रहेका छन्।

सत्ता पक्षकै सांसदहरूले प्रदेशको नाम मधेस प्रदेश फेल भए राजधानी जनकपुरधाम नहुने चेतावनी दिँदै आएका छन्।