विराटनगर  / नेपाली कांग्रेसका नेता शिव कोइरालालाई १० वर्षे बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरको छ । 

बुढीगंगाकी १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि नेता कोइरालालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी)  मञ्जिल मुकारुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

बुढीगंगास्थित टंकिसिनुवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए ।