बिर्तामोड / विवेकशील साझा पार्टीको विद्रोही समूहका महिलाले छुट्टै महिला संगठन घोषणा गरेका छन् । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक लाइनसँग असन्तुष्ट महिला नेताले वैकल्पिक महिला संगठन घोषणा गरेका हुन् ।

वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै नेतृ विद्या श्रेष्ठ महर्जनको संयोजकत्वमा वैकल्पिक महिला सङ्गठन घोषणा गरिएको हो । श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।

OM Sai Pathibhara Hospital

पार्टी अध्यक्ष मिश्र गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताका विरुद्ध उभिएको र त्यसले वैकल्पिक राजनीतिको अभियान अवरुद्ध बनाएको आरोप लगाउँदै सो पार्टीका संयोजक मिलन पाण्डेको नेतृत्वमा यसअघि नै ठूलो समूहले विद्रोह गरेको थियो । उनीहरूले वैकल्पिक पार्टी बनाउन छुट्टै अभियान सञ्चालन गरिरहेका छन् ।