बिर्तामोड / बिर्तामोड स्थित कञ्चनजङ्गा अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने राजेश थापा सानै उमेरबाट चित्रकलामा सक्रिय भएर लागेका छन ।

455

OM Sai Pathibhara Hospital


बाबू हरिचन्द्र थापा र आमा सविता थापाको एक्लो छोरोका रुपमा जन्मिएका थापा सानै बाल्य अवस्थाबाट नै   चित्र कोर्न रुचि राख्थे । उनले अहिले ५   स्केच ,पातकला , चित्रकला , बालुवा  कला , स्टेन्सिल आर्ट आदि प्रकारको कला जानेको कुरा बताए ।

13


फुर्सदको समयलाई सदुपयोग गरि कडा मेहेनत गरि सफलतालाई पछ्याउँदै गरेको कुरा उनी भन्छन् । राजेशले अहिले सम्म  २ घण्टा देखि लिएर ७४ घण्टा सम्म लाग्ने १०० भन्दा बढी  चित्र बनाइसकेका छ्न । चित्रकला सम्बन्धी कुनै पनि कक्षा नलिएका थापा चित्रकलामा अब्बल देखिन्छन । 

34


उनी आफ्नो गुरुका रूपमा आफ्ना बाबुलाई चिनाउन चाहान्छन । अनि भन्छन् मेरो बाबाले मलाई मेरो कलाको हरेक क्षेत्रमा प्रेरणा दिनु हुन्छ । उनले अहिले एउटा साधारण स्केच गरेको १००० देखि माथि पारिश्रमिक लिने गरेको बताउँछन । उनले  त्यो पैसाबाट   आफूलाई आवश्यक पर्ने सामाग्री खरिद गर्ने र पढाई खर्चमा प्रयोग गर्ने कुरा बताउँछन । स्केच गर्न जान्नु पनि एउटा सीप हो । 

राजेश भन्छन् हरेक मानिसमा एउटा न एउटा कला  त पक्कै हुन्छ मात्र त्यसलाई पहिचान गर्न सक्नु पर्छ म मा चित्र बनाउन सक्ने कला रैछ म यसलाई नै निरन्तरता दिन्छु र यसमै आफ्नो भविष्य  खोजिरहेको छु ।

67

उनी भन्छन् स्केच गर्न धेरै समय लाग्छ र धेरै मेहेनत पनि सानो बच्चा बेलामा जब म कसैको चित्र देख्थे मलाई आश्चर्य लाग्थ्यो कि यो कसरी हुन सक्छ भनेर जब मैले पनि चित्र कोर्न थाले तब मलाई पनि यकिन भयो कि कोसिस गर्दा असम्भव केही रहेनछ भनेर आँउदो दिनहरूमा पनि चित्रकलामा कडा परिश्रमका साथ लाग्ने कुरा हामीलाई बताउँछन । उनी आफ्नो कलालाई भविष्यमा पेशा बनाउने कुरा हामीलाई बताए ।