एजेन्सी / रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३९२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरेका छन् भने बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका छन् ।

OM Sai Pathibhara Hospital

खेलको २५ औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । 
४१ औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७२ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाएका थिए ।
८३ औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।  

खेल अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा भोल्भेर्डेले गर्दै रियललाई फेरि अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जितेको हो ।

अब रियलले उपाधिका लागि १७ जनवरीमा एथलेटिको म्याड्रिड र एथलेटिको बिल्वाओ बीचको विजेतासँग खेल्दैछ ।