एजेन्सी / रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३९२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरेका छन् भने बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका छन् ।
खेल अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा भोल्भेर्डेले गर्दै रियललाई फेरि अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जितेको हो ।
अब रियलले उपाधिका लागि १७ जनवरीमा एथलेटिको म्याड्रिड र एथलेटिको बिल्वाओ बीचको विजेतासँग खेल्दैछ ।



































