अभिनेता विपिन कार्कीले बलिउड अभिनेता रणवीर कपूर सँग स्क्रिन सेयर गर्ने भएका छन् l सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने 'एनिमल' मा उनी देखिने भएका हुन् l विपिन फिल्ममा अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई फिल्म खेल्ने प्रस्ताव गरेको हो । निर्देशक सन्दीपको भाइ प्रणय रेड्डीले फोन गरेर फिल्ममा काम गर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ l विपिनले फिल्मको स्क्रिप्ट पाएका छैनन् तर  फिल्ममा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् । फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् । आफूलाई फिल्मको प्रस्ताव ठिक लागेको कारण बलिउड सँग विपिन जोडिन लागेका हुन् l