विराटनगर  / अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कजेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । 

आइतबार रिले अनशनका लागि पुगेका विद्यार्थीहरूलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरूले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र शुल्क नतिर्ने विद्यार्थीलाई गत पुष १४ गतेदेखि कक्षामा प्रवेश निशेध गरेको थियो । 

चिकित्सा शिक्षा आयोगले तोकेको एमबिबिएस तर्फको शुल्क भन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको भन्दै विद्यार्थीहरूले नोबेल प्रशासन विरुद्ध दुई साता देखि नाराबाजी गर्दै आएका छन् । 

विद्यार्थीहरूले मेडिकल शिक्षामा देखिएको माफियाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।  यसअघि विद्यार्थीहरूले नोबेल मेडिकल कलेजमा तोडफोड समेत गरेका थिए ।