झापा //विधान मिचेर नेतृत्व छनौट हुँदै आएको वीरता लेडी जेसीजमा यसपटक भने नेतृत्व चयन गर्ने विषयमा विवाद भएको छ।

  यसअघि विधान मिचेर सर्बसम्मत नेतृत्व चयन गर्दै आएको  वीरता लेडी जेसीजमा यसपटक भने विधान मिच्ने र नमिच्ने पक्ष बीच विवाद देखिएको हो । 

OM Sai Pathibhara Hospital

‘शासन व्यक्तिको होइन, विधिको हुनपर्छ’ भन्ने जेसीजमा दलको राजनीति र गुट हावी भएपछी विवाद देखिएको एक सदस्यले बताएका छन् ।  वीरता लेडी जेसीजको अध्यक्षका लागि संगिता चिमरीया, संगिता गिरी, कामना उप्रेती र युनिता दवाडी  आकांक्षी रहेका छन्।

चिमरीयालाइ एमाले निकट सदस्यको र  गिरीलाई कांग्रेस निकट सदस्यको समर्थन रहेको छ ।

चिमरीयाले यस अघि आफुले अध्यक्ष छाडेकाले आफुलाई अध्यक्ष बनाउनुपर्ने भन्दै दावी गर्दै आएकी छन्।

गिरि पक्षले भने चिमरीयाको उमेर का कारण उनलाई अध्यक्ष बनाउन नहुने बताउँदै आएको छ। विधानमा रहेको उमेर हदको व्यवस्थाका कारण चिमरिया अध्यक्ष हुन अयोग्य रहेको गिरि पक्षको दावी छ।

गिरि पक्ष चिमरियालाई अध्यक्ष  बनाउन तयार नभएपछी  चिमरिया पक्षले पनि विधान बिपरित यसघि अध्यक्ष भएकाहरुका विषयमा पनि छानविन हुनुपर्ने र विधान विपरित अध्यक्ष भएकालाई पूर्व अध्यक्ष मान्न नसकिने   तर्क गरेका छन्  ।

उमेर हदका कारण चिमरीया अध्यक्ष हुन अयोग्य भएको भन्दै निर्वाचन समितिमा उजुरी परेपछि बिवाद शुरु भएको बताइएको छ।  चिमरीयाले वीरता लेडी जेसीजमा स्थापनादेखि नै उमेर हद नहेरिएको र यो पटक मात्र बिवाद निकालिएको बताएकी छन्।

चुनावमा जाने सदस्यको चाहानालाई निर्वाचन समितिले ‘बिगतको नजिर’ टिकाउन भन्दै आनाकानी गरिरहेको उनीहरुको आरोप छ ।सर्वसम्मत अध्यक्ष चयन गर्न निर्वाचन समितिले १० दिनसम्म प्रयास गरे पनि सफल हुन सकेको छैन । 

लेडी जेसीज स्थापनादेखि हालसम्म दुई कार्यकाल बाहेक अध्यक्षहरु ४० बर्षभन्दा माथिका रहेको बताइन्छ  छन् । जेसीज बिधानमा अध्यक्ष हुन ४० बर्षको उमेर हद् तोकिएको छ ।

यसैबीच  नेतृत्व चयनलाई लिएर वीरता लेडी जेसीजमा बिवाद बढ्दै गएपछि निर्वाचन समितिका एक सदस्यले राजीनामा दिएका छन् । निर्वाचन समिति सदस्य उमाकान्त खनालले अनावश्यक दवाव आएको भन्दै राजीनामा दिएको बताएका हुन् ।