काठमाडौँ  / कोरोना सङ्क्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

संसद् सचिवालयले पुस २८ गते बुधबारका लागि बोलाएको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो।

OM Sai Pathibhara Hospital

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोलेसनमा बसिरहेका छन्। 

विशेष कारण भने पनि संसद् सचिवालयले कोरोनाकै कारण बैठक स्थगित गरिएको जनाएको छ।

सचिवालयले माघ ३ गतेको बैठकअघि सांसदहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ। साथै सचिवालयले सांसदहरूलाई कोरोनाको बुस्टर डोज खोप दिनेबारे समेत छलफल गरिरहेको छ। 

राष्ट्रिय सभाको बैठक पनि माघ ३ गतेसम्मका लागि स्थगित भइसकेको छ।