काठमाडौँ  / स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पौडेल आइसोलेसनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएको र आरटी–पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । 

दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए ।

कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।