काठमाडौँ / शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । 

आज (सोमबार) बसेको सचिवस्तरीय बैठकले कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीले वार्षिक बिदामा मिलान हुने गरी विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । 

सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरू छलफलमा बसेका थिए ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।