काठमाडौं  / आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । 

चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आयोगले आजदेखि लागू हुनेगरि निर्वाचन आचारसंहिता जारी गरेको हो । 

OM Sai Pathibhara Hospital

आयोगले तोकेको व्यक्ति निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता २०७२ लागू हुनेछ ।

सो निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई निर्वाचन आचारसंहिता लागू हुनेछ ।

निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति र पर्यवेक्षकले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेछ ।