सिन्धुपाल्चोक / सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताएका हुन्।

उनले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताएका छन्। ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन,’ उनले भने।

OM Sai Pathibhara Hospital

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ मा शनिबार भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। महिलाद्वारा सञ्चालित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना उपस्थित वक्ताले गरेका थिए।

साथै सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्य चौकी भवनको शिलान्यास पनि गरेका थिए।