झापा// नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की चयन भएका छन्।

दशौँ जिल्ला अधिवेशनबाट कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मतले चुनिएका हुन् ।

OM Sai Pathibhara Hospital

शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु चुनिएको बताइएको छ।

१५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएका छन् ।तर, सर्वसम्मत भएका उम्मेद्वारहरुको नामवली घोषणा गर्न बाँकी रहेको छ ।

उम्मेद्वारी दर्ताको काम सकिएको छ ।

अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् । 

निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । समितिलाई नामावली प्रकाशन गर्न ९ बज्ने बुझिएको छ ।

यस्तै, पत्रकारका तर्फबाट मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो ।

सो कोटामा उनको बाहेक उम्मेद्वारी परेको छैन । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएको बताइएको छ।