उदयपुर / नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनको खुल्लासत्र सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ ।  अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो । 

नयाँ नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । 

OM Sai Pathibhara Hospital

अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष ईश्वरमणि राउतले जानकारी दिए । 

अधिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले उम्मेदवारी घोषणा गरेका थिए । 

वर्तमान अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, गोपाल खत्री, दुर्गाकुमार थापा पनि अध्यक्षका दाबेदार हुन् । राउत, खत्री, थापा, कार्की सर्वसम्मतकै पक्षमा छन् ।