काठमाडौं  / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज बालकोट पुगेका हुन् ।

एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा संसद् अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बाेलाउँदा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको ।