बुटवल  / इलाका प्रशासन कार्यालय बुटवलमा एमालेका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

विवादपछि मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठामा बन्द गरिएको छ ।

तालाबन्दीसँगै मतदाता नामावली भर्न आएका १५० बढी सर्वसाधारणलाई घर फर्काइएको थियो ।

शुक्रबार राति साढे १० बजेसम्म नेपाली कांग्रेसका नेताको उपस्थितिमा मतदाता नामावली संकलन गर्ने काम भएको थाहा पाएपछि तालाबन्दी गरेको एमाले बुटवलका नेता बाबुराम पन्थीले बताए ।

गृह प्रशासनको आडमा मध्यरातसम्म कार्यालय खोलेर कांग्रेस निकटका नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई मतदाता नामावली भराउने काम गरेको पन्थीको आरोप छ ।