तेह्रथुम / नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र क का प्रदेश संसद् तिवारी र निर्वाचन क्षेत्र ख का प्रदेश संसद कन्दङ्वाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

६ वटै पालिकाहरू सर्वसम्मत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो ।

जिल्ला अध्यक्षसमेत रहेका तिवारीले प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुन् भने कन्दङवा  पूर्व जिल्ला अध्यक्ष हुन् ।

सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उनीहरूले उम्मेदवारी घोषणा गरेका हुन् ।

सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।