दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । 

विद्यालयहरूमा कोरोना सङ्क्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि सङ्क्रमणको चेन ब्रेक गर्नका लागि उपमहानगर भरिका सबै विद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।