काठमाडौँ  /  इन्डियन आइडल पवनदीप राजन  नेपाल आउने भएका छन् ।

आगामी माघ १ गते ठमेलस्थित एल ओ डी क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

पनवदीप १२ औं संस्करणको इन्डियन आइडल  विजेता समेत हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीपलाई ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए ।

बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले ठमेल धानिरहेको भन्दै उनले पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरूको भीड बढ्दै गइरहेको दाबी गरे ।

कोभिड सङ्क्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड अपनाएर साङ्गीतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।