काठमाडौँ / लोकसेवा आयोगले दुई वर्षदेखि शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरूले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा  प्रदर्शन गरेका हुन् । 

परीक्षा दिएकाे दुई वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरू मानसिक तनावमा परेको भन्दै उनीहरूले नतिजा प्रकाशन गर्न दबाब दिएका छन् ।

OM Sai Pathibhara Hospital

लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।