काठमाडौं । भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरूको रिलिज पोष्टपोन्ड  भइरहेका छन् । बलिउड तथा साउथका चलचित्रहरूको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमाहलहरु समेत बन्द भइसकेका छन् ।

सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ भने अर्को प्रतीक्षित साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र राधे श्यामको प्रदर्शन मिति पनि पछि सारिएको छ ।

OM Sai Pathibhara Hospital

 यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको भएपनि कोरोनाको त्रासका कारण पोष्टपोन्ड गरिएको हो । त्यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनीत चलचित्र ‘वालिमाई’ को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ ।