बिर्तामोड / सुरुङ्गा जेसीजले आयोजना गरेको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ । 

बुधबार झापाको सुरुङ्गामा सम्पन्न खेलमा झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।

OM Sai Pathibhara Hospital

पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि २२–२५ ले गुमाउन पुगेको थियो । तर, तेश्रो सेटमा धन बहादुर भट्ट, ज्योति प्रकाश लावती र हरिबहादुर अधिकारीले उत्कृष्ट प्रदर्शन गरेपछि दमकले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।

चौथो सेटमा पनि दमकले उत्कृष्ट प्रदर्शन गरेपछि २५–२३ को जित निकाल्दै उपाधि जितेको थियो । फाइनल खेलको म्यान अफ द म्याच दमकका धन बहादुर भट्ट भए । 

जितसँगै दमकले नगद एक लाख एक हजार एक सय एघार हात पार्यो भने उप–विजेता झापाले एकाउन्न हजार प्राप्त गर्यो ।त्यस्तै प्रतियोगिताको बेष्ट डिफेन्सको उपाधि झापाका गणेश कटुवालले हात पारे भने बेष्ट कुइकर दमकका हरिबहादुर अधिकारीले पाए ।

वेस्ट सेटर दमककै हरिहजुर थापा भए भने वेस्ट ब्लकर झापाका रोहित शिवाकोटी भए । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि दमकका धन बहादुर भट्टले हात पारे । उनले नगद दश हजार समेत प्राप्त गरे ।

प्रतियोगितामा प्रदेश १ का ६ पालिकाको सहभागिता रहेको थियो ।