दाङ  / दाङमा शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

तुल्सीपुर उपमहानगरपालिका –८ को आश्वरा माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी गरी १२ जनामा संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । 

OM Sai Pathibhara Hospital

कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनीहरूको स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ भोकल पर्सन विमल केसीले जानकारी दिए । 

मङ्गलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।

 ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’