काठमाडौँ  / नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । 

माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि सोमबार ललितपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

OM Sai Pathibhara Hospital

नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण पछि नेता नारायणकाजी श्रेष्ठले दाहाललाई फेरि अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।

नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन गरेका थिए । अरु कसैको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।