काठमाडौँ / नेपाली कांग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको हो । 

OM Sai Pathibhara Hospital

कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले ६ सीट पाउने सहमति भएको थियो ।

Nepali_Congress_1_7NOgSC46O1